विश्वकप : फ्रान्स र बेल्जियम दुवै उपाधिका लागि चुनौती चिर्ने प्रयासमा

| 2018 Jul 10 | 03:36 pm 3625

काठमाडौं, २६ असार : रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज (मगलबार)बाट सेमिफाइनलका खेलहरू सञ्चालन हुँदै छ । आजको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियमबीच खेल हुँदै छ।

छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ ।

नेपाली समय अनुसार पौने १२ बजे क्रेस्टोभसी स्टेडियममा खेल हुनेछ । यी दुई टोलीबीच ठुला प्रतियोगितामा हालसम्म तीन पटक भएको छ । जहाँ फ्रान्स तीनै पटक जित निकाल्न सफल भएको छ ।

सन् १९३८ को विश्वकपमा भेट हुँदा फ्रान्सले तीन एकले जितेको थियो । त्यसै गरी १९८६ मा चार दुई गोलले हराएको थियो । १९८४ को युरोपियन च्याम्पियनसिपमा भने फ्रान्सले पाँच शुन्यले हराएको थियो । तर समग्र खेलको कुरा गर्दा यी दुई राष्ट्रबिचको यो ७४ औ भेट हो । जहाँ ३० पटक बेल्जियमले जितेको छ भने २४ पटक फ्रान्सले जित्दा १९ खेल भने बराबरीमा टुंगिएको छ ।

जारी विश्वकपको समूह चरणमा अपराजित रहेको बेल्जियम समूह विजेता बन्दै प्रिक्वाटरफाईनलमा जापानलाई हराउँदा क्वाटरफाइनलमा भने ब्राजिल जस्तो बलियो टिमलाई हराएको थियो । सेमिफाईनमा जित निकाल्दै बेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ । उसका लागि बेल्जियमका हरेक खेलाडीले मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरिसकेका छन् ।

निकै फर्ममा रहेका रुमेलु लुकाकुको वेग र चाललाई छेक्न सक्नु फ्रान्सको चुनौती बन्नेछ भने सम्पूर्ण समिश्रणले भरिएको फ्रान्सलाई रोक्नु बेल्जियमको निम्ति पनि निकै कडा चुनौती बन्ने पक्कै छ । फ्रान्समा दोस्रो पेलेको उपनाम पाएका केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान, पाउलो पोग्बाको समिश्रणले फ्रान्सलाई उपाधि नजिक पुर्‍याउन सक्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.