विश्वकप : पेनाल्टी मार्फत अष्ट्रेलियाले गोल फर्कायो

रिपोर्ट नेपाल | 2018 Jun 21 | 06:31 pm 3539

काठमाडौं, ७ असार :  रुसमा जारी विश्वकपमा आज भएको पहिलो खेल डेनमार्क र अष्ट्रेलियाबीच भइरहेको छ । खेल सुरु भएको ७ मिनेटमा नै डेनमार्कले गरेको गोल अष्ट्रेलियाले फर्काएको छ ।

पेनाल्टी मार्फत खेलको ३८ औँ मिनेटमा गोल फर्काएको हो । अष्ट्रेलिया लागि ‘मिले जेडिनाक’ले पेनाल्टी मार्फत गोल गर्दा बराबरी एक एक गोल भएको छ ।

खेल सुरु भएको सात मिनेटमै डेनमार्कको क्रिस्टियन एरिकसेनले एक गोल गेरको थियो । खेल नेपाली समय अनुसार ५स् ४५ मा सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.