काठमाडौं, ७ असार : रुसमा जारी ‘विश्वकप २०१८’ आज सी अन्तरगत पहिलो खेल सुरु भएको छ । नेपाली समय अनुसार ५: ४५ मा सुरु भएको हो ।
डेनमार्कले पहिलो खेलमा पेरु माथि एक गोलको जित निकाल्दै ३ अंक बटुलिसकेको छ भने उसका प्रतिष्पर्धी अष्ट्रेलिया फ्रान्ससग दुई एक गोलले पराजित हुदै अंकविहीन बनेको थियो । डेनमार्क र अष्ट्रेलियाको यस अघि हेड टु हेडका आधारमा तीन पटक भेट भएको छ ।
सन् २००७ बाट तीन पटक अन्तर्राष्ट्रिय खेलमा भेट हुँदा डेनमार्क दुई पटक जित निकाल्दा अष्ट्रेलियाले मात्र एक पटक जित निकालेको छ । विश्वकपको समुह मा पनि डेनमार्कले जित निककालेको कारण आजको खेलमा पनि अष्ट्रेलिया विरुद्ध डेनमार्क कै हावी हुने सभ्भावना प्रवल छ । यी दुर्इको खेल नेपाली समय अनुसार सामारा एरेनामा पौने ६ बजे हुनेछ ।