विश्वकप छनौट : नेपालको पोष्टमा अस्ट्रेलियाको पाँच गोल

रिपोर्ट नेपाल | 2019 Oct 10 | 09:14 pm 3620

काठमाडौं, २३ असोज : विश्वकप छनौट अन्तर्गतको तेस्रो खेलमा नेपालबिरुद्ध अस्ट्रेलियाले गोलको वर्षा गरेको छ । अस्ट्रेलियामा सम्पन्न खेलमा नेपाल ५ शून्यले पराजित भएको हो ।

पहिलो हाफमा नै तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । अस्ट्रेलियाको जितमा जेमी म्याकलेरनले ह्याट्रिक गरे भने ह्यारी साउटरले दुई गरे । नेपाल खेलको छैटौं मिनेटमा नै एक गोल गरे । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरुवाती अग्रता दिलाए ।

म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बन्यो । दोस्रो हाफमा साउटरले अर्को गोल थपे भने म्यालेरनले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

विश्वकप एसिया छनौट अन्तर्गत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ । उता, अस्ट्रेलियाले भने दुवै खेलमा जीत निकाल्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.