काठमाण्डौ, असार ५ । आईसीसी एकदिवसीय विश्वकप छनौटका लागि जिम्बाबेमा भइरहेका खेल अन्तरगत नेपालले आज अमेरिकासँग खेल्दैछ । विश्वकप छनौटअन्तरगतको छैठौ खेल नेपाल र अमेरिकाबीच नेपाली समयअनुसार दिउँसो १२ : ४५ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।
नेपाल र अमेरिका दुवै टिमले आफ्नो पहिलो खेलमा जित निकाल्न सकेका थिएनन् त्यसैले आजको खेलमा यी दुवै टोली पहिलो जितको लागि भरमग्दुर प्रयास गर्नेछन्। नेपाल आफ्नो पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले स्तब्ध भएको थियो । नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् जसमध्ये नेपालले तीन खेलमा जित, दुई खेलमा हार व्यहोर्नु परेको थियो भने एक खेलमा बराबरी गरेको थियो ।
समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा समूह ुएु बाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले अक्टोबरमा हुने विश्वकप खेल्नेछन् ।
तस्विर साभार : CAN