विश्वकप क्रिकेट: न्यूजिल्याण्ड विरुद्ध इंग्ल्याण्डको ३ विकेट पतन

| 2023 Oct 05 | 03:46 pm 2649

काठमाडाैं, असोज १८ । आइसिसि पुरुष वनडे विश्वकप क्रिकेटको १३ ‍औ‍ं संस्करण भारतको आयोजनामा आज देखि शुरु भएको छ । पहिलो खेल न्युजिल्याण्डविरुद्ध इंग्ल्यान्ड अहमदाबादमा चलिरहेको छ । न्युजिल्याण्डले टस जितेर फिल्डिङ्ग रोजेको खेलमा  २० ‌ओभर सकिदा ३ विकेटको क्षतिमा इंग्ल्याण्डले  ११२ रन बनाएको छ ।

इग्ल्याडका  शुरुवाती व्याटर डेविड मलान  २४ बलमा २ चौकासहित १४ रन बनाएर आउट भएका छन। उनलाई न्युजिल्यान्डका म्याट हेनरीले आउट गरेका हुन।  त्यस्तै अर्का ‌ओपनर बेयरेस्टो ३५ बलमा ३३ रन बनाएर आएट भए ।

त्यसपछि आएका ह्यारी ब्रुक आक्रामक पारी खेल्ने क्रममा १६ बलमा २५ रन बनाएर कन्वेको हातमा क्याच थमाउन पुगे ।

अहिले क्रिजमा जो रुट र मोइन अली क्रमश व्यक्तिगत स्कोर २८ र ८  बनाएर खेलीरहेका छन् ।

साविक विजेता इंग्ल्यान्ड र  साविक उपविजेता न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ। दुबै टोलीले ५ /५ खेल जितेका छन् ।

इंग्ल्यान्डको प्लेइङ ११

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्डको प्लेइङ ११

ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.