काठमाडाैं, असोज १८ । आइसिसि पुरुष वनडे विश्वकप क्रिकेटको १३ औं संस्करणको पहिलो खेलमा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । न्यूजिल्याण्डले टस जितेर इंग्ल्याण्डलाई पहिले ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो । जसमा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८२ रन बनाएको हो ।
भारतको अहमदाबादमा चलिरहेको खेलमा न्युजिल्याण्ड विरुद्ध इंग्ल्याण्डका जोय रुटले सर्वाधिक ७७ रन रन बनाए । उनले ८६ बलमा उक्त रन बनाउदा फिलिप्सको बलमा बोल्ड हुन पुगे । त्यस्तै जस बटलरले ४३ रन, ओपनर जोनी बेयरस्टोले ३३ रन, ह्यारी ब्रुकले २५ रन, लियाम लिभिङस्टोनले २० रन, डेविड मलान र साम करनले समान १४ रन, मोइन अली र क्रिस वक्सले समान ११ रन, आदिल रशिनले नटआउट १५ र मार्क वुडले नटआउट १५ रन बनाए ।
त्यस्तै बलिङ तर्फ म्याट हेनरीले ३ विकेट, मिचेल सान्टनार र ग्लेन फिलिप्सले समान २ विकेट, ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले समान १ विकेट लिएका थिए ।