काठमाडौं, असार ५ : फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको खेल कोलम्विया र जापानबीच सुरु भएको छ । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ ।
कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो । कोलम्बिया जेम्स रोड्रिगेज, फाल्काओ जस्ता विश्वकपबाट उदाएका खेलाडीहरुको अनुभव लिएर मैदानमा उत्रिएको छ ।
जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । तर जापानको विश्वकप सहभागिता सहभागितामात्रै सीमित बनिरहेको अवस्थामा यो पटक भने जापान जितको खोजीमा पक्कै छ । जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको छ ।