विश्वकप: इंगल्यान्ड भर्सेस पानामाको खेल सुरु

| 2018 Jun 24 | 05:44 pm 3994

काठमाडौँ , १० असार : रुसमा जारी २०१८ को फिफा विश्वकप समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच सुरु भएको छ। निजेनी नोव्गोरोड स्टेडियममा नेपाली समयअनुसार खेल ५ः४५ बजे सुरु भएको हो ।

१२ वर्षपछि विश्वकप जितबाट सुरु गरेको इंग्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सके समूह चरणको अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान पक्का गर्नेछ। इंग्ल्यान्डले जितेमा पानामा र ट्युनिसिया भने बाहिरिनेछन्। पहिलो खेलमा पराजित भएको पानामा इंग्ल्यान्डदेखि सचेत छ। पानामा सकेसम्म उत्कृष्ट खेल्दै विश्वकपमा पहिलो गोल गर्न चाहान्छ। सन् २००६ पछि राम्रो सुरुवात गरेको इंग्ल्यान्ड आफ्नो फर्मलाई निरन्तरता दिन चाहान्छ। त्यसलै उसले पानामालाई कमजोर आँकलन गर्ने छैन।

विश्वकप डेब्यू खेलमा राम्रो खेल्न नसेको पानामा दोस्रो खेलमा प्रदर्शन सुधार गर्ने योजनामा छ। दास्रो खेल पोल्याण्ड र कोलम्बियाबीच ११ः४५ मा हुदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.