काठमाडौं, असार १२: विश्वकप फुटबलमा अन्तर्गत आज (मंगलबार) समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । समुह सी र डीका अन्तिम चरणका खेलहरु आज हुन लागेका हुन् ।
समुह सी अन्तर्गत आज अष्ट्रेलिया र पेरु तथा डेनमार्क र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार पौने ७:45 बजे सुरु हुनेछ । समुह चरणका दुवै खेलमा जित निकालेर फ्रान्स ६ अंक सहित नकआउट चरण पुगिसकेको छ ।
मंगलबारको खेलले फ्रान्सले जित निकालेको खण्डमा उसले समुह विजेताको हैसियतमा नकआउट चरणमा प्रवेश पाउनेछ ।
डेनमार्कले फ्रान्सलाई हराउन सके, नकआउट चरण पुग्नुकासाथै समुह विजेता समेत बन्नेछ । डेनमार्कको पराजयले अष्ट्रेलियाको नकआउट चरणको गणितिय सम्भावना बाँकनै रहन्छ । त्यसकालागि डेनमार्कले पेरुलाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।
त्यस्तै समुह डी अन्तर्गतको खेलमा नाईजेरिया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।
नकआउट चरण प्रवेश गरिसकेको क्रोयसियाको लक्ष्य समुह चरणको विजेता बन्नुहुनेछ । तर नाईजेरिया, आईसल्याण्ड र अर्जेन्टिनाको नकआउट चरण प्रवेशको सम्भावना जिवितै छ ।