विवाह पूर्वको सेक्स : गर्भपतन गराएर प्रेमी फरार, प्रेमीका रगतको पोखरीमा डुबी धुरु-धुरु…

| 2018 Jul 18 | 04:15 pm 9002

गुल्मी : जति सक्दो अाफ्नो प्रेमी आएर विवाह गरे हुन्थ्यो, अब मलाई कसैले पनि विवाह गर्दैन भन्दै रोइरहेकी छिन्  एक प्रेमिका । उनी हुन् गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-३ भेडुवा बजारकी १८ वर्षीय सुनिता क्षेत्री (नाम परिर्वतन)  ।

उनलाई आफ्नै प्रेमीले विवाह गर्छु भनी लगेका थिए, तर उनलाई मध्यरातमा बाटोमा अलपत्र पारेर छाडे । उनी धुरु-धुरु रोइरहेकी छिन् । ‘जति छिटो सम्पर्कमा ल्याईदिनु’ भन्दै  उनी भनिरहेकी छिन् ।’ हे‘! मेरो विवश ! म तिमी विना बाँच्न सक्दिनँ‘ । तिमी जहाँ छौँ, मेरो मायालाई सम्झेर मलाई बचाउन छिटो आऊ’ भन्दै रौईकराई गरिरहेकी छिन् ।

उनका प्रेमी भनिएका गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ वीरवासका २५ वर्षीय विवश ठकुरी असार २२ गते रातिदेखि सम्पर्क विहीन भएपछि सुनिताको रोदन र चीत्कारले भेडुवावासी समेत पीडामा परेका छन् । ठकुरीले बुटवलमा लगेर गर्भपतन गराई असार २२ गते राति १२ बजेको समयमा आफूलाई भेडुवा तल मामा घर नजिक जङ्गलमा लगेर छाडेदेखि उनी फोन स्वीचअफ गरेर सम्पर्क विहीन भएको सुनिताको आरोप छ ।

असार २० गते सुनितले विवशको गर्भपतन गरेको परिवारलाई जानकारी दिएका थिए । त्यसपछि परिवारले विवशलाई बोलाएर विवाह गरेर लैजान भनेको उनकी आमाले बताइन ।

भेडुवाको नवज्योति आमा समूहकी अध्यक्ष विन्दु कार्की भनिन् ‘उनले गर्भ रहेको सुनाएपछि विवशलाई हामीले झिकायौँ । उनले सुनितालाई घरमा भित्राउन मेरो बुबाले दिनु हुन्न, मैले बुटवलमा रहेका मामाको घरमा लगेर राख्छु भन्दै यहाँबाट असार २० गते हिँडाएका थिए । पछि गर्भपतन गराएर अलपत्र पारेको थाहा पाउँदा हामी स्तब्ध भएका छौँ । यसरी एउटी युवतीलाई माया जालमा फसाएर अलपत्र पार्ने उनलाई प्रहरी प्रशासनले खोजेर यी दुईलाई जुटाई दिन हामीले माग गरेका छौँ ।’

समूहकी सचिव गायत्री केसीले पनि त्यसरी हामीसँग स्वीकार गरी लगेकाले उनले यसरी अलपत्र पार्न नहुने बताइन् । उनले भनिन–‘सुनिताकाे बुबाको सानैमा मृत्यु भएको थियो । एक मात्र सन्तान सुनितालाई आमाले चिया पसल राखेर हुर्काएकी थिइन् । कक्षा १२ पढ्ने उनी एकदमै अनुशासित र प्रतिभाशाली युवती थिइन ।’ उनले थपिन् ‘त्यस्ती युवतीसँग माया प्रेम गरेर गर्भपतन गराएको बताएपछि विवशलाई बोलाइएको थियाैँ र उनले विवाह गर्छु भनी लगेका थिए । अहिले यसरी  अलपत्र पार्न खोजे ।’

सुनीता र आरोपी विवश

वडा सदस्य अञ्जना परियारले पनि आमा समुहसामु विवशले सुनीताको गर्भ आफ्नो भएको स्वीकार गर्दै वुटवल लगेको बताइन् । छत्रकोट गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी अध्यक्ष नर्मदा भण्डारीले पनि उनीहरूबिच गत वैशाखदेखि प्रेम सम्बन्ध रहेको र असार २२ गते गर्भपतन गराई विवश फरार रहेको आफूले जानकारी पाएको बताइन् । उनले भनिन–‘हाम्रो न्यायिक समितिले पनि विवशलाई खोजेर उनीहरूको मिलन गराउन पहल गर्ने छौँ र प्रहरी प्रशासनले पनि उनलाई यथाशीघ्र खोजोस्, हामी यही माग गर्दछौँ ।’

सुनिताकाे उच्च रक्त श्राव भइरहेकाे छ । माया प्रेमको प्रसङ्ग उच्चारण गर्नु पर्दा गला अवरुद्ध पार्छिन् । ‘मलाई त मेरो विवशले धोका दलान भन्ने कल्पनासम्म गर्न सक्दिनँ ।’ उनले भनिन् उसलाई अरू कसैले गायब बनाएका हुन् । हामी बुटवल गयौँ । उनले विवाहका लागि मलाई कपडा किनिदिए । चुरा पोते सबै किनेर विवाहको अन्तिम तयारी भई रहेको थियो । चुरा पोते त्यसै होटेलको कोठामा बिर्सेर आए छु । विवशले किनेका कपडाहरू मसँगै छ ।’

उनले थपिन्, ‘तिनै कपडाहरू विवशको मेरो अनमोल चिनो ठान्छु । र, हाम्रो प्रेमको साँक्षि मान्छु । म उ बाहेक अरूसँग मेरो जीवनको कल्पनासम्म गर्न सक्दिनँ । उसले पनि मलाई अति माया दिन्थ्यो र मैले पनि मेरो प्राण भन्दा प्यारो ठान्छु उसलाई । मेरो फोन र फेसबुक उसको अधीनमा थियो । हरपल म उसैको अधीनमा रहनु पर्दथ्यो ।’

‘असार २० गते बुटवल पुगेर दुई दिनसम्म होटेलमा बस्यौँ । त्यही क्रममा उनले मलाई अहिले गर्भपतन गराऊँ भनेर फकाए । मैले मानिन् । धेरै कर गरेपछि उनको विश्वासमा मैले वुटवलको एक मेडिकलमा गर्भपतन गराएकी थिएँ । गर्भपतन गराउने डाक्टरले समेत यदि विवशले धोका दिए म कहाँ आउनु होला भनेर ढुक्क पारेकी थिए । उनले भनिन्– ‘वरपरको छिमेकी भएकोले हाम्रो देख भेट पहिलै देखि हुन्थ्यो । तर हामी गएको वैशाख देखि प्रेम सम्बन्धमा बाँधिएका थियौँ ।’

उनले थपिन्, ‘गुल्मी महोत्सवमा पहिलो पटक हामीबीच शारीरिक सम्बन्ध भएको थियो । चौथो पटक चैत्र महिनामा यसै बजारको मेरी साथीको घरमा हामीबीच शारीरिक सम्पर्क भएको हो । त्यसै वेला गर्भ रहन पुगेछ । नाम नबताउने सर्तमा उनकी साथीले पनि विवशले फोन गरेर हाम्रो घरमा बस्न बोलाएको बताइन् । उनले भनिन– ‘मैले हाम्रो घरमा विवश आएको र सुनीता पनि आएर बसेको देखेकी हुँ भित्र के गरे, थाहा भएन ।’

‘मैले विवशलाई जानकारी दिएँ । उनले घर भित्र्याउन बुबाले दिनुहुन्न भन्दै थिए । मैले त्यसो भए जहाँ लगेर भए पनि राख्न भनेँ । असार २३ गतेदेखि पलपल उसैको खोजी र यादमा छु तर उनका दुवै फोन नम्बर स्वीचअफ छन् । म के गरूँ रु मेरो विवशलाई छिटो खोजी दिनुस्, मलाई बाँच्न गाह्रो भयो ।’ उनले फेरी जोडले भक्कानो छाड्दै भनिन–‘हे मेरो विवश‘ तिमी छिटो आउँ‘ म त तिम्रै यादमा मरिरहेकी छु‘ आउन‘ कहाँ छौँ तिमी ‘।’

उनको त्यो चीत्कारले त्यहाँ रहेका सारा महिलाको गह भरियो । तर खै उनका विवश वास्तविक जीवनमा अहिले उनीबाट सम्पर्कविहिन हुन कसरी विवश भए ? उनको फोन नलागेपछि हामीले उनका बुबालाई फोन सम्पर्क राख्दा छोरा सम्पर्कमा नभएको बताए । आफूलाई थाहा नभएकैको भन्दै प्रतिक्रिया दिन समेत अस्वीकार गरे ।

युवतीको रगत माथि राजनीति

त्यहाँको आमा समूहले श्रृंगा प्रहरी चौकीमा असार २७ गते विवशलाई खोज तलासका लागि उजुरी दिएको थियो । अर्को दिन त्यहाँको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पठायो । उनीहरू त्यहाँ आएर उजुरी दर्ता नगरेको आमा समूहकी पूर्व अध्यक्ष मिना टण्डनले दुखेसो गरिन् ।

स्थानीयवासीले राजनैतिक दबाबमा प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेको आरोप लगाएका छन् । ठुलो सङ्ख्यामा जुटेका स्थानीय भने–‘ विवशका पिता कुनै एक राजनैतिक दलको स्थानीय जल्दा बल्दा कार्यकर्ता हुन् । उनको केन्द्रसम्म ठुलो पहुँच छ । यसर्थ पनि प्रहरीलाई केन्द्रसम्मको दबाब परेको हुन सक्छ ।’

सञ्चार माध्यमबाट दबाब नपरेसम्म यसरी रगतको पोखरीमा डुबेकी सुनीताकाे उद्धार हुन मुस्किल हुने देखिन्छ । उनीहरूले थपे, ‘यसरी बाबु नभएकी र कुनै राजनैतिक दलमा पहुँच नराख्ने युवतीको रगतको पोखरीमा कसैले राजनीति नगरौँ । ’

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले आफूहरू पीडित युवतीकै पक्षमा रहेको र कुनै खालको दबाब कसैबाट नभएको बताए । उनले भने–‘केटा खोज्न सजिलो होस् भनेर मैले एक दिनका लागि रोकेकै हुँ, तर अब मुद्दा दर्ता हुन्छ । आरोपितलाई खोजेर उनीहरूलाई मिलाउन प्रहरी अवश्य जुट्छ, ढुक्क हुनुहोस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.