विवाह खान गएका एक बृद्धको भीरबाट खसेर मृत्यु

रिपोर्ट नेपाल | 2019 May 19 | 10:47 am 4155

उदयपुर, जेठ ५: कटारी नगरपालिका वडा नम्बर–१० स्थित थुम्कीमा भीरबाट खसेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–२ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले दिएको जनकारी अनुसार कटारी नगरपलिका–९ स्थित छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर फर्कने क्रममा खड्का भीरबाट खसेर मृत्यु भएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.