दमौली, फागुन २६ : दमौलीकाे ऋषिङ गाउँपालिका- ६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ऋषिङ ७ ओख्लेबाट ऋषिङ-५ सपाङदीतर्फ गइरहेको ग १ त ५३१० नम्बरको ट्याक्टर पल्टिएकाे हाे ।
दुर्घटनामा परी ऋषिङ ५ की ३५ वर्षीया मैयाँ भनिने माया रानाको मृत्यु भएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ । टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए। अत्यधिक गतिका कारण दुर्घटनामा परेको हुनसक्ने ऋषिङ गाउँपालिकाका कर्मचारी दानबहादुर श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको छ। दुर्घटनामा चालकसमेत गम्भीर घाइते छन्।