विवाहका लागि हिडेकाे जिप दुर्घटना हुँदा तीन जना घाइते

रिपोर्ट नेपाल | 2019 May 07 | 01:16 pm 1867

कञ्चनपुर, वैशाख २४:  मंगलबार धनगढीबाट कञ्चनपुर जाँदै गरेको जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परी पत्रकार शिवराज भट्टसहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाकारी दिएको छ ।

उक्त युपी ३१ पि ७९७५ नम्बरको जिपमा सवार भई विवाहमा सहभागी हुन कञ्चनपुरको बैलौरी जाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुको धनगढीस्थित माया मेट्रोअस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.