विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा

| 2023 Oct 12 | 04:56 pm 30717

पर्सा, असोज २५ ।  बिरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ ।

नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.