विरोधकाबीच ट्रम्पद्वारा बेलायत भ्रमण, ‘पुटिन शत्रु होइन’

रिपोर्ट नेपाल | 2018 Jul 13 | 08:48 am 3297

लण्डन,असार २९: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गरेका छन्।

उनको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन्। ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गरेका हुन्। ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत गरेकी थिइन्।

अमेरिकी राष्ट्रपतिका रूपमा उनले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ।

दशौँ हजार प्रदर्शनकारीहरूले उनको भ्रमणका विरुद्धमा प्रदर्शन गरेका थिए।

‘पुटिन मेरो ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र’

राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भनेका छन्। एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन्।

कसैले उनलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उनले भने “होइन, पुटिन मेरो सत्रु होइनन् ।”

“त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उनको जवाफ थियो, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”

“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भने । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”

बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका छन्। –एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.