विराटनगर बम विष्फोटमा संलग्‍न नौ जना पक्राउ

| 2018 Aug 13 | 06:28 am 1941

विराटनगर, साउन २८: विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आइतबार गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए ।

बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उनले बताए । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.