मोरङ, वैशाख २३: स्थायी राजधानी तोक्ने विषयको विवाद बढ्दै गएपछि सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।
विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको हो ।
अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षीय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ ।
स्थायी राजधानीबारे विभिन्न प्रस्ताव प्रदेशसभामा दर्ता गरिएका छन् । राजधानी विवादसँगै बन्द आह्वानले स्थानीय स्तरमा जनजीवन प्रभावित हुने जनाइएको छ ।