काठमाडौं, जेठ १६: तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका १० जनाको शव मुस्ताङको थासाङ–२ स्थित कोवाङ गाउँबाट पोखरा हुँदै काठमाडौं ल्याइएको छ।
सोमबार साँझ ६:३० मा नेपाली सेनाको जहाजबाट शव काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शवहरुलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल लगिनेछ।