काठमाडाैं, असार २७: शक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरको जहाज चिप्लिएर विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । यति एयरको चिप्लिएको जहाज हटाउन समय लाग्ने भएपछि विमानस्थल बन्द गरिएको हाे ।
विमानस्थल बन्द गरिएकाले काठमाडौं आउँन लागेका जहाजलाई डाईभर्ट गरिएको छ । विमानस्थलले दिएकाे जानकारी अनुसार एयर चाइनाको विमानलाई ल्हासा, दुबईबाट आएको नेपाल एयरलायन्सलाई दिल्ली, दोहाबाट आएको हिमालय एयरलायन्सलाई वाराणसी, दोहाबाट नै आएको कतार एयरवेजको जहाज कोलकाता डाईभर्ट गरिएको छ ।
त्यस्तै थाईल्याण्डबाट आएको थाई एयरवेज र ढाकाबाट आएको विमान बंगलादेशको जहाज काठमाडौं आकाशमा नै घुमिरहेका छन् ।