काठमाडौं, चैत २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलाे सुन सहित भारतीय नागरिक पक्राउ परेका छन्। एयरवेजको बैंकक उडानबाट आएको उक्त सुनसहित ४ जना भारतीय नागरिकबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३ महिला र १ पुरूष रहेकाे प्रहरीले जनाएकाे छ । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो।
जलप लगाएर गरगहनाको रुपमा सुन ल्याइएकाले परीक्षणपछि मात्रै यकिन हुने प्रहरीले बताए । थप अनुसन्धान भइरहेकाे समेत प्रहरीले बताए ।