काठमाडाैं, असोज २४ । केही महिना यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक पटक सुन पक्राउ परिरहेका समाचारहरु आइरहदा र कारवाही भइरहदा पनि सुन ल्याउने क्रम रोकिएको छैन ।
यसैक्रममा सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिएका छन् ।
मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको बताइएको छ ।