विमानस्थलबाट पक्राउ परे मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक

रिपोर्ट नेपाल | 2020 Jan 08 | 06:10 pm 1733

काठमाडौं, पुस २३ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट प्रहरीले ७ सय ६० ग्राम सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद तोसिद रहेका छन् । थाई एयरलाइन्सबाट टीआईएमा उत्रिएका तोसिदलाई सुनसहित नियन्त्रणमा लिइएको अपराध महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।

अवतरण पश्चात् तोसिदले शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको एसएसपी थापाले बताए ।

यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.