विमानस्थलबाट एक किलो सुनसहित दुई भारतीय पक्राउ

| 2020 Jan 02 | 05:14 pm 1765

काठमाडौं, पुस  १७ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।

बिहीबार मध्याह्न फ्लाई दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको साथबाट दुई किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ । विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित उनलाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले नै सुन लिन भारतबाट बिहीबार नै काठमाडौं ओर्लेका मुस्राफिन मोहम्मदलाई पनि पक्राउ गरेको छ । कासिब मोहम्मदले सुनलाई पगाली प्याकेटमा हालेर तस्करी गरेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.