विभिन्‍न हातहतियार सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 19 | 02:00 pm 1979

काठमाडौं, पुस ४ :  छुट्टाछुट्टै स्थानबाट अवैध हातहतियार सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा हंषपुर नगरपालिका–७ का ३१ वर्षीय बचन भन्‍ने बेचन मण्डललाई पेस्तोल १ थान, म्याग्जिन १ थान र म्याग्जिनमा लोड भएको गोली ६ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ । मदिरा पसलमा मदिरा सेवन गरीरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

त्यस्तै सिराहा सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाईस्थित मौवाही–मिर्जापुर सडकबाट चोरी मुद्दाका फरार प्रतिवादी २७ वर्षीय रविन्द्र कुमार मण्डललाई कटुवा पेस्तोल १ थान सहित प्रहरीले पक्राउ गरेको छ । प्रतिवादी रविन्द्रलाई कम्मरमा बोकेको उक्त खाली पेस्तोल सहित प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले पक्राउ गरिएको बताए ।

त्यसैगरी मोरङ केराबारी गाउँपालिका–८ स्थित आमजुङी जंगलमाबाट २ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले शंकास्पद २ जनालाई नियन्त्रणमा लिन खोज्दा उक्त हतियार फाली दुबै जना फरार भएपछि उक्त हतियार बरामद गरेको हो ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुकासाथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.