विभिन्‍न खेलकुद प्रतियोगिताहरुमा त्रिभुवन आर्मी क्लवका खेलाडीहरु विजयी

रिपोर्ट नेपाल | 2021 Sep 09 | 11:56 am 2253

काठमाडाैं, भदाै २४ः मित्रराष्ट्र दक्षिण कोरियामा मिति २०७८/०४/२७ गतेदेखि ऐ.३१ गतेसम्म Virtual माध्यमबाट संचालन भएको Daejeon MBC Seocheon International Virtual Open Taekwondo Competition-2021 मा नेपाली सेना, त्रिभुवन आर्मी क्लबका तेक्वान्दो खेलाडीहरु सहभागी भई Pair Poomsae/ Individual Poomsae Female विधामा स्वर्ण-२, Individual Poomsae Male/Pair Poomsae विधामा रजत-१/१ र Pair Poomsae विधामा कास्य-१ गरी कुल जम्मा ५ पदकहरु हासिल गर्न सफल भएका छन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा मिति २०७८/०५/१८ गतेदेखि ऐ. २१ गतेसम्म सातदोबाटो, ललितपुरमा Virtual माध्यमबाट संचालन भएको  10 th  Korean Ambassador Open National Virtual Poomsae Taekwondo Championships-2021 मा नेपाली सेना, त्रिभुवन आर्मी क्लबका तेक्वान्दो खेलाडीहरु सहभागी भई Aerobic विधामा स्वर्ण-१, Team Poomsae/Individual Poomsae Female विधामा रजत-१/१ र Team Poomsae/Individual Poomsae Female/Individual Poomsae Male/ Pair Poomsae विधामा कास्य-६ गरी कुल जम्मा ९ पदकहरु हासिल गर्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.