विभिन्न हातहतियार सहित पक्राउ तथा भरुवा बन्दुक बरामद

| 2022 Jul 17 | 04:25 pm 1577

बारा, साउन १ः कोल्हवी नगरपालिका-३ सखुहवा जडिबुटीबाट १ थान थ्रिनटथ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली सहित २ जना शुक्रबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका-५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेका छन् । सब डिभिजन बन कार्यालय कोल्हवी र तामागढी बन ब्यवस्थापनबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाएको हो ।

रुकुम (पूर्व), सिस्ने गाउँपालिका-५ रुमालबारा घट्टेखोलास्थित जंगलबाट १ थान लोड भएको भरुवा बन्दुक शुक्रबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गोठको पछाडी लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन सहित महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.