विभिन्न हातहतियार सहित तीन जना पक्राउ

| 2022 Nov 18 | 08:38 pm 1321

बर्दिया, मंसिर २ः बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित ३ जना शुक्रबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर मल्ल र ५५ वर्षीया लालमाया पुन रहेका छन् ।

उक्त स्थानमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना रम्मापुर चेकपोष्ट समेतबाट संयुक्त रूपमा खटिएको टोलीले तलासी गर्दा रत्न बहादुरको घरबाट भरुवा बन्दुक १ थान, प्रेम बहादुरको घरबाट बाह्रबोरको बन्दुक १ थान र सोही बन्दुकको नाल १ थान, रतुवाको सिङ र खुर तथा लालमायाको घरबाट  भरुवा बन्दुक १ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.