विभिन्न हातहतियार सहित एक पक्राउ

| 2019 Nov 23 | 08:09 pm 2736

पाल्पा, मंसिर ७: अवैध हतियार सहित निस्दि गाउँपालिका ३ मोहरीयाका ६१ वर्षीय लाल बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरबाट भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ काट्ने आरी १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

बिकले आफ्नै घरमा भरुवा बन्दुक बनाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभन्ज्याङबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.