विभिन्न स्थानमा लागूऔषध सहित कारोवारी पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 18 | 02:04 pm 3528

काठमाडौं, साउन २ : विशेष सूचनाका आधारमा चेकजाँचका लागि निस्किएको प्रहरीको टोलीले लागुऔषध सहित ओसारपसार गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्तीबाट बा.९० प १८२० नम्बरको स्कुटरमा सवार झापा गौरादह नगरपालिका ७ घर भई हाल भक्तपुर कौशलटार बस्ने ४२ वर्षीय भुपाल बिष्ट र रौतहट पिपरिया ४ घर भई हाल काठमाडौं सिनामंगल स्थित मोरङ गेष्टहाउसमा बस्ने ३२ वर्षीय दिपेन्द्र रायलाई पक्राउ गरिएको छ ।

प्रहरीले स्कुटरको डिकीमा लुकाई राखेको लागूऔषध डाइलेक्स डिसी १९ बोतल सहित पक्राउ गरेको हो ।
यसै गरी मोरङ्गको कानेपोखरी गाउँपालिका ४ धम्कुवा बस्ने ३२ वर्षीय बमबहादुर लिम्बु सहित ३ जनालाई लागूऔषध गाँजा २० के.जी.५ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सर्लाही मलगंवा नगरपालिका ८ स्थित सडकमा बा.८ च ९०८ नम्बरको गाडीको एयर फिल्टर बक्स र चालक सिटकभर भित्र लुकाई छिपाई ल्याएको लागूऔषध डाईजेपाम ७९ एम्पुल, नुर्फिन ८० एम्पुल, फेनारगन ७७ एम्पुल, नाईट्राभेट १५ टयाब्लेट, स्पास्मो प्रोक्सिभन ८ टयाब्लेट, एटेन ए १ सय ४० टयाब्लेट र कोफटेब डि ६ टयाब्लेट सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ३४ वर्षीय प्रवेश उप्रेती र चितवन भण्डरा घर भई हाल काठमाडौं महानगरपालिका ९ धुम्वराही बस्ने २६ वर्षीय प्रनेश भट्टाचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.