विभिन्न मुद्दामा फरार ९ जना पक्राउ

| 2020 Dec 13 | 09:06 pm 1545

तनहुँ, मंसिर २८ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्य गरी पक्राउ गरेको छ ।

सोही क्रममा बहुँ बिवाह मुद्दामा बिगत ४ बर्षदेखी फरार रहेका तनहुँ व्यास नगरपालिका १० नयाँबस्ती बस्ने ३३ वर्षीय पदम बहादुर बिक उपर तनहुँ जिल्ला अदालतको मिति २०७३ बैशाख ६ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र १० हजार रुपैया जरिवाना हुने गरी फैसला भएको थियो ।

तोकिएको कैद मध्ये १ बर्ष ५ महिना ४ दिन कैद तथा १० हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका बिकलाई मिति २०७७ मंसिर २७ गते घरबाट पक्राउ गरेको थियो ।

त्यसैगरी सवारी ज्यान मुद्दामा बिगत १२ बर्ष देखी फरार रहेका जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका १ चिसापानी बस्ने श्यामलाल श्रेष्ठ उपर तनहुँ जिल्ला अदालतको मिति २०६५ पुस २९ गतेको आदेशले १ महिना कैद र २ हजार जरिवाना हुने गरी फैसला भएकोमा तोकिएको कैद तथा जरिवाना मध्ये ५ दिन कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका निज श्यामलाल श्रेष्ठ समेत गरी कुटपिट मुद्दाका फरार १ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै नाता कायम मुद्दाका फरार ३ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना गरी जम्मा ९ जना व्यक्तीहरुलाई मिति २०७७ मंसिर २८ गते जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा जरिवाना १२ हजार १ सय ७५ जरिवाना र १ बर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.