विभिन्न मुद्दाका फरार व्यक्तिहरु पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 06 | 09:15 pm 2249

तनहुँ, भदौ २१ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ । त्यसै क्रममा बहु विवाह मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं.१२ सुपारेडाँडाका ३० वर्षीय करण बहादुर परियार रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७५ पुस १९ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र ५ हजार जरिवाना हुने गरी सजाय ठहर भएकोमा उक्त कैद मध्ये १ बर्ष ५ महिना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

परियारको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ २१ गते घरमै फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाएको छ ।

त्यसैगरी बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका एक व्यक्ती १ बर्षछि पक्राउ परेको छ ।

पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ३ चिसापानीका ३४ वर्षीय जयकृष्ण श्रेष्ठ रहेका छन् । उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ साउन २९ गतेको फैसलाले २ महिना ५ दिन कैद र ५ हजार जरिवाना गरेको थियो । उक्त फैसला भुक्तान नगरी हालसम्म फरार रहेका निज जयकृष्ण श्रेष्ठको खोजतलास गर्ने क्रममा आज आइतबार बिहान घरैमा फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै जुवा मुद्दामा फरार दुई जनालाइए प्रहरीले तीन वषएपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ३ का मंगल बहादुर पाख्रिन र रमेश कुमार श्रेष्ठ रहेका छन् ।

उनीहरु उपर तनहुँ जिल्ला अदालतको मिति २०७४ असोज २९ गतेको फैसलाले जनही ३ हजार जरिवाना हुने गरी सजाय ठहर भएकोमा उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको जरिवाना भुक्तान गरी छुटेका छन् ।

यसैगरी लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. १ का ३६ वर्षीय बिष्णु बहादुर सुनारी रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७४ भदौ ८ गतेको फैसलाले २ महिना कैद र २ हजार जरिवाना हुने गरी सजाय ठहर भएकोमा उक्त तोकिएको कैद र जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले उनको खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले शनिबार घरमै बसिरहेको अवस्थामा पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको छ ।

त्यस्तै चोरी मुद्दामा फरार रहेका एक अभियुक्त ४ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. २ का २० वर्षीय सुमित गुरुङ रहेका छन् ।

उनलाई चितवन जिल्ला अदालतको मिति २०७३ चैत १३ गतेको फैसला अनुसार ३ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

खोजतलासको क्रममा ईलाका प्रहरी कार्यालय् आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आज बिहान घरमै फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.