विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ

| 2022 Mar 09 | 08:49 pm 1769

काठमाडौं, फागुन २५ः कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ नकैयास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ४५ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलडाँडी गाउँपालिका १ बस्ने २२ बर्षीय राकेश चन्द र १९ बर्षीय प्रकाश सिंह रहेका छन् । से १ प ६६५५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

यसैगरी सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका ५ स्थित मोहनपुर ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही ठाउँ बस्ने २५ बर्षीय सरोज कुमार दासलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश कडरवानाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई शंका लागि जाँच गर्दा
त्यसबेला उनको साथमा लिजेसिक २ बोतल, डाईजेपाम २ बोतल र प्रोमेथाजिन २ बोतल तथा नगद ३ हजार १ सय ५० नेपाली रुपैयाँ फेला पारेको हो ।

त्यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले २ बोतल कोडीलसहित बारा अम्लेखगंज गाउँपालिका ७ बस्ने ३० बर्षीय सुवास रुम्बालाई पक्राउ गरेको छ । प्रदेश नम्बर ०२–०२४ प ५६६८ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रुम्बालाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध, नगद, मोटरसाईकल तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

अबैध सालको चिरान काठ बरामद
बारा जिल्लाको कोहल्वी नगरपालिका ६ स्थित अठनवा ईलाकाबाट  सशस्त्र प्रहरीले करीव २ लाख ४८ हजार रुपैयाँ बराबरको सालको चिरान काठ बरामद गरेको छ  । एक मिलमा लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६२ क्यूफिट सालको चिरान काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश कोहल्वीबाट खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको हो । बरामद काठ सवडिभिजन बनकार्यालय कोहल्वीमा बुझाईएको छ ।

अबैध लत्ताकपडा तथा विभिन्न सामान बरामद
पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ । ना ५ च ५४९४ नम्बरको ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसवेला ट्याक्टरसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्याक्टर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.