विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा एक पक्राउ तथा अवैध सामान बरामद

| 2021 Aug 24 | 06:44 pm 1749

पश्चिम नवलपरासी, भदाै ८ः जिल्लाको पाल्हिनन्दन गाउँपालिका ६ तुरियाखोलास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने ४० बर्षिय अर्पणराज पन्थ रहेका छन् ।

लु ३० प १५९ नम्बरको मोटरसाईकलमा सवार निज पन्थलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट १ सय ५० वटा, स्पास्मो प्रोक्सीभन प्लस ट्याब्लेट १ सय २८ वटा र कोरेक्स ९ बोतल फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका पन्थलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिव ५ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।

अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद  सामान भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.