मोरङ, असार ३१ः जिल्लाको सुनवर्शी नगरपालिका ८ हसनगढी स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १५ पत्ता ट्रामाडोल र १५ वटा नाईट्राजेपाम नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ बाहुनटोल बस्ने २१ वर्षिय विष्णु ऋषिदेव र २० वर्षिय अभिषेक ऋषिदेव रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।
यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बस्ने २४ वर्षिय जीवन राईलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज राईलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी हरिपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन २० वटा, डाईजापाम २० वटा र लुपिजेसिक २० वटा फेला पारेको
हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।
सशस्त्र प्रहरीद्वारा गाँजा बरामद
बारा जिल्लाको पचरौता नगरपालिका ३ रामनगरस्थित जमुनी खोलाको किनारबाट सशस्त्र प्रहरीले करीव ४४ किलाे गाँजा बरामद गरेको छ । सोही ठाउँमा लुकाई छिपाई राखको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेनौलीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ ।
सामान बरामद
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ९ र १० ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ४ हजार रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । सोही ठाउँको सालझाडीमा से १ प ३९६२ नम्बरको अटोमा बेवारीसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको छ । बरामद सामान तथा अटो भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।
पटका बरामद
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ३५ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा उक्त पटका सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका १ स्थित शर्मा चियाबगान ईलाकाबाट बरामद गरेको हो । बरामद पटका स्थानीय भद्रभलाद्मी, संचारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ ।
डुवेर बेपत्ता भएकाहरुको शव फेला
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका २ पिपराघाट स्थित बागमती नदिमा डुवेर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले असार ३१ फेला पारेको छ । सोही ठाउँ बस्ने १३ वर्षिय अजित कुमार दास र १२ वर्षिय हर्ष झा उक्त नदिमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भलोहियाबाट सशस्त्र प्रहरी नायव
निरीक्षक रामकुमार अधिकारीको कमाण्डमा खटिएको टोलीले उनीहरुको शव उक्त नदिको किनारमा फेला पारेको हो ।
सालको काठ बरामद
बारा जिल्लाको कोल्हवी नगरपालिका ६ र करैयामाई गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट करीव १ लाख ७० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरिएको छ । सोही ठाउँमा रहेको परालको कुन्यु र खोलामा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको करीव ४३ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवी र वन कार्यालय बोधवनबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो । बरामद काठ वन कार्यालय बोधवनमा बुझाईएको छ ।