विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

| 2022 May 18 | 09:09 pm 2005

सुनसरी, जेठ ४ः जिल्लाको कोशी गाउँपालिका १ लौकहीस्थित पूर्व–पश्चिम लोकमार्गबाट बैशाख ४ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका २० बस्ने ४५ वर्षीय जीवन भारती र सोही उपमहानगरपालिका १९ बस्ने ४६ वर्षीय दिनेश राई
रहेका छन् ।

प्रदेश नम्बर ०१–०२–०४३ प ८७६१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी ६ बोतल, स्पास्मो प्रोक्सिभन ६० वटा र नाईट्रोसन ४ वटा फेला पारेको हो । त्यसवेला उक्त स्कुटर समेत बरामद गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.