विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन सरकार लागिपरेकाे छ : गृहमन्त्री थापा

| 2019 Apr 25 | 03:13 pm 2714

काठमाडौँ , वैशाख १२ :  गृहमन्त्री रामत्रहादुर थापा ‘बादल’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा गतिविधि प्रतिबन्धको एक महिनामै निस्तेज भएको बताएका छन् ।

विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गर्दै गृहमन्त्री रथापाले यद्यपि विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको जानकारी गराएका छन् ।

‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’, प्रदेश–१ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले भने ।

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको बताएका छन् । । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा ल्याएका छौं । विप्लवजी पनि अब वार्तामा आउनु पर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने ।

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए । जुनसुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपूर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

सरकारको प्रसङ्गमा उनले वर्ष ०७६ लाई सरकारले समृद्धिको वर्ष मानेको बताएका छन् । यसका लागि आवश्यक पूर्वाधार तयारीमा सरकार जुटेको उनको भनाइ छ ।

गृहमन्त्री थापाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी गरेका छन् । नेकपाको जिल्ला एकताबारे सोधिएको एक प्रश्नमा उनले विधि र प्रक्रियाअनुरुप पछिल्लो जिल्ला एकता टुंग्याइएको उल्लेख गर्दै असन्तुष्टिहरु भए त्यसलाई छलफलमार्फत पार्टीले टुंग्याउने बताएका छन् ।a

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.