काभ्रे, भदौ ३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार अदालत पेश गरेको थियो ।