विप्लव समूहका नेता भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

रिपोर्ट नेपाल | 2019 Apr 19 | 06:48 pm 1158

काठमाडौँ, वैशाख  ६ :  सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता सूर्य भुजेललाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरु अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो ।

भूजेललाई महानगरीय अपराध महाशाखाले ललितपुरको नख्खुस्थित एनसेल टावर लक्षित बम विस्फोट गराएको आरोपमा घटनाको तीन दिनपछि कलंकीबाट पक्राउ गरेको थियो ।

महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध,विस्फोटक पदार्थ ऐनअन्तर्गतमुद्दा लगाएको थियो। भुजेलले नेकपाको उपत्यका कमाण्ड सम्हालिरहेका थिए । महाशाखाका अनुसार उनी नेपाली सेनाका भगौडा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.