रौतहट, माघ १४: सरकारद्वारा प्रतिबन्ध लगाएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रौतहट जिल्ला सेक्रेटरीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला समिति सदस्य दुर्गा बल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले मंगलबार बिहान चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई दिउँसो सार्वजनिक गरिने बताइएको छ ।