विप्लव समूहका एरिया इञ्चार्ज पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 17 | 08:43 am 1877

दाङ, मंसिर १: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) समुहका एक जना कार्यकर्तालाई प्रहरीले पश्चिम दाङबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका एरिया इञ्चार्ज ३२ वर्षीय निमबहादुर डाँगी ‘रक्तिम’ रहेको प्रहरीले जानकारी दिए ।

उनलाई दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश ३– ०२००७ प १२०४ नम्बरको मोटरसाइकलसहित लुकीछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताए ।

मोटरसाइकलसहित पक्राउ परेका डाँगीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.