विप्लव समुहले लुकाइ राखेको ठूलोमात्रामा अत्याधुनिक हतियार बरामाद

| 2019 Nov 16 | 12:05 pm 2817

दाङ, कात्तिक ३०: सरकारद्वारा प्रतिबन्धीत नेतत्रविक्रम चन्द समुहले अवैध रुपमा लुकाइ राखेको ठूलोमात्रामा अत्यधुनिक हतियार दाङ प्रहरीले बरामद गरेको छ ।

विप्लव समूहले दाङ र कपिलवस्तुको सीमा हुँदै हातहतियार सप्लाई गर्दैछ भन्ने विशेष सूचनाका आधारमा कात्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद बिक्रम शाहका अनुसार प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका–१ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ गान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको हो ।

उक्त हतियार किन र कुन प्रयोजनका लागि कहाँ लानका लागि ल्याइएको हो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिनरहेको बताइएको छ ।

साथै एकजान विप्लव कार्यकर्ता समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ शान्तिनगर गाउपालिका वडा नं १ पटेरीखोलाका अन्दाजी ३० वर्षीय प्रकाश बुढा मगर रहेका छन् ।

उनी विप्लव समुहको सेक्सन अध्यक्षसमेत रहेको प्रहरीले जानकारी दिए । बुढा मगरलाई गएराति ६ बजेको समयमा एक्लै हिडिरहेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले बताए ।

उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.