विप्लव समुहको कार्यकर्ता बिष्फोटक पदार्थ सहित पक्राउ 

रिपोर्ट नेपाल | 2020 Jun 13 | 02:28 pm 1908

काठमाडाैं, जेठ ३१ः सरकारद्वार प्रतिबन्धित नेत्र बिक्रम चन्द समुह (विप्लव) नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ११ ईखाछे बंगलामुखी ४१ वर्षीय (श्याम) भन्ने सानुराज बज्रचार्य रहेका छन् ।

प्रहरीले उनको घर कोठा खानतलासी गर्दा घरको तेस्रो तल्लामा रहेको कोठामा लुकाई छिपाई राखेको अवस्थामा मेटासिटको भाडोमा ईम्प्रुभाईज गरी बनाएको IED (सकेट बम) ३ थान, कटुवा पेस्तोल १ थान र नेकपा (बिप्लप समुह) संग सम्बन्धित पुस्तक, लेटर प्याड समेत फेला पारिएको थियाे ।

उल्लेखित IED (सकेट बम) ३ थान नेपाली सेनाको EOD Holding Unit Airport काठमाडाैंबाट खटिएको बम डिस्पोजल टोलीले घर कोठाबाट बाहिर सुरक्षित ठाउमा ल्याई डिस्पोजगराईएको थियाे ।

निज श्याम भन्ने सानुराज बज्रचार्यलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर ललितपुरबाट थप अनुसन्धान भई रहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.