‘विप्लव’ समुहका ४ कार्यकर्ताले दिए सामूहिक राजीनामा

रिपोर्ट नेपाल | 2019 Mar 27 | 02:22 pm 1870

भरतपुर, १३ चैत : नेत्रविक्रम चन्द ‘विप्लव’  चितवन जिल्ला समिति सदस्य मधु क्षेत्रीलगायत चार जनाले पार्टीबाट राजीनामा दिएका छन् ।जिल्ला इन्चार्ज मधु क्षेत्री, पार्टीमा अबद्ध रहेकी रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डितले सामूहिक राजीनामा दिएका हुन् ।

राजिनामा दिने मध्येका क्षेत्री भरतपुर महानगरपालिका–१० का इन्चार्ज समेत रहेका थिए । सरकारको प्रतिबन्ध कारण र स्वास्थ्यमा आएको समस्याका कारण आफूहरुले राजिनामा दिएकोे मंगलवार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुले अब विप्लव नेतृत्वको नेकपा भित्र कुनै पदमा नरहेको विज्ञप्ति मार्फत जनाएका छन् ।

विप्लव समुहप्रति सरकारले निगरानी बढाएर नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । विप्लवका प्राय: सबै नेता तथा कार्यकर्ता भूमिगत भएका छन् । प्रतिन्धपछि प्रहरीले विप्लवका सयौं नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.