जुम्ला, साउन २५ः सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका जुम्ला जिल्ला सेक्रेटरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी मुगु सोरु गाउँपालिका–६ का ३७ वर्षीय राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७ धाचुगाउँका २९ वर्षीय नन्द तिरुवा र हिमाकै १६ वर्षीया सपना बुढा रहेका छन् ।
उनीहरुलाई जुम्लाको तिला गाउँपालिका–७ घोडेगाउँबाट शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले बताए।
प्रहरी नायव उपरीक्षक धामीका अनुसार उनीहरुबाट चन्दा उठाउने ठेली, सदस्यता रसिद, किताब बरामद भएको छ।
स्थानीय जनप्रतिनिधि तथा ठेकदारलाई धम्काउँदै चन्दा माग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।