काठमाडाैं, कात्तिक १४ः सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेकपा समूह कञ्चनपुरका पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरा रहेका छन् । महराविरुद्ध आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।
नेकपा कञ्चनपुरले भने प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ ।