विप्लव समुहका एक विद्यार्थी कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 28 | 02:44 pm 2618

दाङ, मंसिर १२: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) समुह निकटका एक विद्यार्थी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समुहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनको जिल्ला अध्यक्ष घोराही उपनगरपालिका वडा नम्बर १३ सेवारका २५ वर्षीय अनिल केसी रहेको प्रहरीले जानकारी दिए ।

उनलाई बिहीबार मध्याह्न १२ बजेको समयमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसी चोकस्तिथ घोराही लमही सडकखण्डमा लुकिछिपी हिडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.