विप्लव नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरी ‘प्रयास’ पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 18 | 12:31 pm 1795

रोल्पा, असोज २: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।

सेक्रेटरी प्रयासलाई रोल्पा नगरपालिका–१० धवाङबाट प्रहरीले सोमबार बेलुका पक्राउ गरेको हो। पक्राउ परेका प्रयासलाई जिल्ला प्रहरी कार्यालय लिबाङ ल्याइएको रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खडकाले बताए।

गाउँमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेकपाका कार्यकर्ताले भने गाउँमा जनजागरण अभियानमा रहेका नेता प्रयासलाई पक्राउ गरेको जनाएका छन्। केहि समय अगाडी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि प्रयास लगायत नेता सदरमुकाम लिबाङबाट गाउँ तिर गएका थिए।

नेता प्रयासलाई केहि दिन अगाडि रोल्पाकै गंगादेव गाउँपालिकामा स्थानीय युवालाई कुटपिट गरेको आरेपमा पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख डिएसपि खड्काले बताए। उनका अनुसार संघीय र प्रदेश चुनावताकाको विष्फोटनका घटनामा संलग्न रहेको आरोप पनि छ। चुनावका बेला जिल्लाका दर्जनौ स्थानमा विष्फोट भएका थिए। चुनावी अवधिमा सेक्रेटरी प्रयास लगायतका नेतालाई प्रहरी हिरासतमै राखिएको थियो। उनलाई मंगलबार नै अदालतमा उपस्थित गराइने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.