‘विप्लव’ नेतृत्वका मोरङ सेक्रेटरी दीपक राई पक्राउ

| 2019 Jul 26 | 06:43 am 2155

माेरङ, साउन १०: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा मोरङ सेक्रेटरी दीपक राई पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई बिहीबार प्रहरीको विशेष टोलीले उनकै गाउँबाट पक्राउ गरेको हो ।

केराबारीको एउटा घरमा सेल्टर लिई बसेको अवस्थामा बिहीबार राईलार्य पक्राउ गरेको प्रहरीले जनाएको छ । ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत थिए ।बम विष्फोट, चन्दा आतंक, हतियार संकलनलगायतका धेरै घटनामा राईको संलग्नता देखिएका कारण अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.