काठमाडौं, फागुन २२ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले पक्रेको छ ।
प्रहरीले उनलाई सोमबार कोठाबाट पक्राउ गरेको भए पनि उनको अवस्था हालसम्म सार्वजनिक नगरिएको जबस मोर्चाका इन्चार्ज जीवन्तले जानकारी दिएका छन् । उनले कार्कीको तत्काल रिहाईको माग पनि गरेका छन् ।
अहिलेसम्म प्रहरीले देशभरबाट साढे तीन सय भन्दा बढी विप्लव कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हतियार देखाएर चन्दा असुल्ने र हसियाँ हथौडा बोकेर आतंक सिर्जना गर्नेहरुलाई नियन्त्रणमा लिने बताइसकेका छन् ।